बागलुङ सिएच आइटिएफ टेक्वान्दो संघको पाँचौं जिल्ला अधिवेशन सम्पन्न ।

स्पोर्टस न्युज

 - २०८२ कार्तिक ९, आईतवार

काठमाडौं । बागलुङ सिएच आइटिएफ टेक्वान्दो संघको पाँचौ जिल्ला अधिवेशन शनिबार बुर्तिबाङमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष रविन बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल सिएच आइटिएफ टेक्वान्दो संघका केन्द्रीय अध्यक्ष  कुलबहादुर बुढा मगर (कुशल )को प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि बुढा मगरले बोल्दै खेलकुदको माध्यमबाट देश विकासमा लाग्न युवा जनशक्तिलाई बताउनुभएको थियो । खेलाडी भनेका देशका गहना हुन् भन्दै सरकारलले पनि खेलाडीलाई सम्मान गर्न आवश्यक रहेको बताउनुभयो ।

शनिबार आयोजित संघको जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । जसमा जीवन रसाइली अध्यक्ष रहेका १३ सदस्य जिल्ला कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा सुजन बुढा मगर, कोषाध्यक्ष मुना रसाइली, सचिवमा एलिस घर्ती, सदस्यहरूमा लद्धु बि.क., सीमा घर्ती, भावना बि.क., शान्तिका बि.क., किशोर बि.क. र जोराब बुढा रहनु भएको छ । त्यस्तै सल्लाहकार समितिमा प्रेम घर्ती, हेमेन्द्र घर्ती, झग बहादुर बुढा र लोकमाया घर्ती रहनु भएको हालका अध्यक्ष जीवन रसाइलीले जानकारी दिनुभएको छ ।

नयाँ कार्यकाल सम्हालेपछि संघ अध्यक्ष जीवन रसाइलीले बागलुङ जिल्लाभर टेक्वान्दो विस्तार गर्ने खेलकुदको माध्यमबाट समाजमा नयाँ परिवर्तन ल्याउन आफ्नो प्रयास गर्ने बताउनुभएको छ । शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त रहनका लागि खेलकुदमा लाग्न आवश्यक रहेको रसाइलीले बताउनुभयो ।