बागलुङ/ बागलुङको बुर्तिबाङमा आयोजित प्रथम ढोरपाटन मेयर कप तथा छैठौ सिएच आईटीएफ तेक्वान्दो प्रतियोगिता २८ गते सम्पन्न भएको छ। कार्यक्रम कार्तिक २६,२७ र २८ गते बुर्तिबाङ बसपार्कमा भएको हो। प्रथम दिन अनौपचारिक रुपमा पुरुष तथा महिला स्पाईरिङ खेल खेलाईएको थियो भने २७ गते ढोरपाटन नगर पालिकाका नगर प्रमुख देव कुमार नेपालीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो। खेलमा देशका १२ जिल्लाका खेलाडी सहभागी थिए।
१५ स्वर्ण पदक सहित बागलुङ टिम च्याम्पियन, ७ स्वर्ण सहित भक्तपुर फस्ट रनर अप तथा ४ स्वर्ण सहित पाल्पा सेकेन्ड रनर अप भएको छ। त्यस्तै अनुशासनको उपाधी रुपन्देही जिल्ला, बेस्ट प्लेयर पुरुष सिनियर तर्फ बागलुङका वीर बहादुर रसाईली, पुरुष जुनियर तर्फ भक्तपुरका अमन तामाङ, बेस्ट प्लेयर महिला सिनियर तर्फ पोखराका सहनसिला प्रतेल, महिला जुनियर तर्फ भक्तपुरका बिबसा पोखरेल र बेस्ट रेफ्री नवलपरासीका अन्वेश पौडेलले हात पारेका छन।
त्यस्तै बेस्ट टिम लिडरको उपाधी नेपाल चान हुन अन्तरास्ट्रिय तेक्वान्दो महासंघका केन्द्रिय अध्यक्ष कुल बहादुर बुढा मगरले पाएका छन। कार्यक्रममा जुरिको भुमिकामा रहेका महासंघका केन्द्रिय उपाध्यक्ष आस्मा श्रेष्ठ, केन्द्रिय उपाध्यक्ष नितेन रौनियार र महासचिव रमेश विश्वकर्मालाई पनि सम्मान गरिएको हो।
कार्यक्रममा मेडल तथा प्रमाण पत्र वितरण भने कार्यक्रमका प्रमुख अतिथी नेपालीद्वारा वितरण गरिएको हो। महासंघका अध्यक्ष बुढाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन महासंघका महासचिव विश्वकर्माले गरेका हुन।