राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा कास्किले पायो ३ स्वर्ण सहित सिनियर महिला उत्कृष्ट खेलाडी

स्पोर्टस न्युज

 - २०७८ मंसिर २, बिहीबार

पोखरा/बागलुङको बुर्तिबाङमा सम्पन्न छैठौ सिएच आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा कास्किले ३ स्वर्ण हात पारेको छ। कास्किबाट प्रशिक्षक प्रबिना पुन मगरको नेतृत्वमा गएको १२ जनाको टोलि मध्ये ३ जनाले प्रथम स्थान हाँसिल गर्दै स्वर्ण पदक जितेका हुन।

४५-५० केजिको तौल समुहमा बिनिता कुमाल, ६१-६५ तौल समुहमा सनसिला प्रतेल र ६६-७० तौल समुहमा प्रबिना पुन मगरले स्वर्ण पदक हात पारेका हुन। महिला तर्फको उत्कृष्ट खेल प्रदर्शन गर्दै पोखराका सनसिला प्रतेलले महिला सिनियर बेल्टबाट बेस्ट प्लेयर (उत्कृष्ट खेलाडी) उपाधी पनि पाएका छन। पोखराबाट कोचको नेतृत्व प्रबिना पुनले गरेका थिए भने रेफ्रीको भुमिकामा अनुप बुढा मगर रहेका थिए।