कांग्रेसको बागलुङ जिल्ला सभापतिमा जित सेरचन

स्पोर्टस न्युज

 - २०७८ मंसिर १४, मंगलवार

बागलुङ/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट बागलुङको सभापतिमा जीत बहादुर शेरचन विजयी भएका छन् ।महाधिवेशन अन्तरगत शनिबार पहिलो निर्वाचन भएको थियो । पहिलो निर्वाचनमा शेरचन, दोर्ण कुमार कुँवर र जगदीश चन्द्र उपाध्यायको उम्मेदवारी रहेको थियो । सो प्रतिस्पर्धामा पहिलो पटकको मतदानमा शेरचनले ६८६, कुँवरले १६८ र उपाध्यायले सबैभन्दा बढी ७९० मत ल्याएका थिए ।

तिनै जना मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि  आइतबार पुनः मतदान भएको थियो । मंगलबार विहान सार्वजनिक मत परिणाम अन्तरगत जीत शेरचनले ८७३ मत ल्याएर विजयी भएका हुन् । शेरचनलाई कुँवरले समर्थन गरेपछि विजयी भएको नेताहरुले बताउँछन् । उनको प्रतिस्पर्धी जगदिशचन्द्र उपाध्याले ७६८ मत ल्याएका छन।

जिल्ला उपसभापतिमा सागर छन्तयाल र तारानाथ पौडेल विजयी भएका छन् । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरेका थिए । यस्तै सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भएका छन। शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गरेका थिए । यस्तै सह सचिवमा फम बहादुर खत्री र ज्ञान कुमारी शर्मा श्रीस विजयी भएका छन। खत्रीले ८५५ र ८८० मत प्राप्त गरेर विजयी भएका छन।

भर्खरै प्रकाशित