राखेपको सदस्य सचीवमा घिसिङ

स्पोर्टस न्युज

 - २०७८ मंसिर १५, बुधबार

काठमाडौ/ राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा टङ्क लाल घिसिङ नियुक्ति भएका छन् ।

नेपाल रग्बी संघको अध्यक्ष तथा एसिया रग्बी संघको सदस्य रहेका घिसिङ राखेपको सदस्य सचिवमा नियुक्त भएका हुन् ।सोमबारको मन्त्रिपरिषद बैठकमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले ३ जनाको सिफारिस गरेका थिए ।

राखेपको सदस्य सचिवको लागि ओलम्पियन दीपक विष्टसहित अच्युत लामिछाने, आरके विष्ट, रविराज कर्णिकार, ममता श्रेष्ठ, मानबहादुर गुरुङ, सुदिल शाही, टंकलाल घिसिङ, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाई, राजकुमार कार्की, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, भरत चालिसे छुम्बी लामा र सुनिल नकर्मी गरि १८ जनाले आवेदन दिएका थिए । १७ जनालाई पछि पार्दै घिसिङ सदस्य सचीवमा नियुक्ती भएका हुन।

भर्खरै प्रकाशित