काठमाडौं/ राष्ट्रिय खेलकुद परिषद, पाल्पा जिल्ला खेलकुद विकास समिति पाल्पाको जिल्ला सदस्यमा नेपाल चानहुन अन्तरास्ट्रिय तेक्वान्दो महासंघका केन्द्रिय सदस्य अमित थापा निर्वाचित भएका छन। थापा शारीरिक रुपमा अपाङ्ग छन। तर उनको काम गर्ने शैली र क्षमता भने अब्बल देखिन्छ। उनी सिएच आईटिएफका अन्तरास्ट्रिय खेलाडी पनि हुन।
नेपाल सिएच आईटिएफका कुशल रेफ्री एम्पायर तथा प्रशिक्षकका रुपमा पनि चिनिएका थापा कालो पेटि तेस्रो डान हुन। उनी अपाङ्गहरुका एक उदाहरण हुन। नेपाल चानहुन अन्तरास्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कुल बहादुर बुढा मगरका अनुशार उनलाई महासंघ भित्र कोसेढुङ्गाका रुपमा चिनिएको बताउछन।
बुधबार खेलकुद विकास समितिको समिती गठन भएको हो। पाल्पामा खेलकुद विकासमा उनको अग्रसरता, लगाव र संघर्षको मुल्यांकन गर्दै उनलाई सदस्यमा चयन गरिएको हो।