बागलुङ/ बागलुङको पश्चिम ढोरपाटन वडा नं.६ चामिदुवारको गाउँ विकास सिएच आईटीएफ तेक्वान्दो डोजाङमा आज सनिबार पेटि परीक्षा सम्पन्न भएको छ। नेपाल चान हुन अन्तरास्ट्रिय तेक्वान्दो महासंघका केन्द्रिय अध्यक्ष कुल बहादुर बुढा मगर “कुशल” को विषेश उपस्थित रहेको कार्यक्रममा डोजाङका ६५ खेलाडी सहभागी थिए। पेटि परिक्षाका लागि ग्लोबल सिएच आईटिएफ तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक यम कुमार रसाईली, राष्ट्रिय खेलाडी गन्जराम बि.क., ग्लोबल डोजाङका सहायक प्रशिक्षक तेजिन्द्र श्रीपाली, राष्ट्रिय खेलाडी कान्टी पुन मगर सहभागी थिए।
पेटि परीक्षा प्रत्येक तीन तीन महिनामा पेटि पदोन्नतिकालागि गर्ने गरिन्छ। यश दिन तीन महिना भित्र खेलाडीले सिकेका प्याट्रन, किक, व्यासिक, स्पाईरिङ, सेल्फ डिफेन्स, पावर ब्रेकिङ, स्टेप स्पाईरिङ र अनुशासन लगाएतका विधाहरुमा निरक्षण परिक्षण गर्ने गरिन्छ र त्यस कै आधारमा पेटि पदोन्नती गरिन्छ। साथै उत्कृष्ट विधा प्रदर्सन गर्ने खेलाडीलाई दोब्बर पदोन्नतिको समेत व्यवस्था गरिएको हुन्छ।
परिक्षामा सेतो पेटिबाट पहेलो पेटिका लागि ५ जना, पहेलो देखि हरियो पहेलोका लागि १० जना हरियो देखि हरियो निलोका लागि २० जना, हरियो निलो देखि निलोका लागि १५ जना र निलो देखि रातो निलोका लागि १५ जना प्रशिक्षार्थी सहाभागी थिए। यसको नतिजा भने एक हप्ता भित्र आउने गाउँ विकास सिएच आईटीएफ तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रबिन बुढा मगरले जानकारी दिएका छन।