एभरगग्रीन इंग्लिस विद्यालयमा हाम्रो पोषण हाम्रो स्वास्थ्य कार्यक्रम सम्पन्न।

स्पोर्टस न्युज

 - २०७८ पुष १०, शनिबार

बुटलब,रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं ३ स्थित हरैयामा रहेकाे एभराग्रीन इंग्लिस बोर्डिङ स्कूलमा लायन्स क्लब अफ हरैयको मुख्य आयोजनमा र कञ्चन गाउँपालिका, वडा नं ४ को सहयोग साझेदरीमा “हाम्राे पोषण हाम्राे स्वास्थ्य” भन्ने बिषयमा दुइदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ। लेडी लायन्स क्लब अफ कञ्चनकी अध्यक्ष मैना कार्की सभाध्यक्ष रहेको  कार्यक्रमको प्रमूख अतिथिमा कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री,विशिष्ट अतिथिमा गाउँपालिकाका उपाध्क्ष गोमा तरामु मगर, रुपन्देही लायन्स कल्बका जिल्ला सल्लाहकार उमंग देवकोट थिएँ भने  यस्तै अतिथीमा लेखनाथ पाैडेल, मोहन सुनार,राम बहादुर थापा, गोविन्द आचार्य,थम थापा आदि रहेका थिए।

हाल खानपानले बालबालिका देखिएका विभिन्न समस्या जस्तै कुपोषण, गलगाँड, सुकेनास, फुकेनाश र अन्य रोगहरूको बात बच्न र बचाउन के कस्तो

उपाय अपनाउने,कस्तो खालको खानापिनको प्रयोग गर्ने भन्ने स्वास्थ्य चेतना समेट फैलाउने उद्देश्यले कार्यक्रम राखिएको थियो।

उक्त कार्यक्रममा दर्जनौं विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी गरी करिब ६० को संख्यामा उपस्थित रहेकाे थियो।

  1. गाउँपालिकाका अध्यक्ष क्षेत्री पालिका भित्र रहेको लेडी लायन्सले पहिलो पटक पृथक खालको कार्यक्रम आयोजना गरेको हुँदा र यसले गरेका र गर्ने भावी कामप्रति निकै सकारत्मक र पूर्ण समर्थन सहित खुशी व्यक्त गर्नुभएको छ।

कार्यक्रमको उदघाटन गाँउपालिकाको अध्यक्ष क्षेत्रीबात दीप प्रज्वलन गरी गरिएको थियो भने  लायन्स कल्ब अफ कञ्चनका प्रथम उपाध्क्ष्य सिता सुनार(विश्वकर्मा)को स्वागत मन्तव्य ।

कार्यक्रमका सहजकर्ता एवम् प्रशिक्षक गैदहवा गाउँपालिकाका स्वाथ्य शाखाका अधिकृत प्रकास नेपाली थिए भने क्लबको कोषाध्यछ उमा गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

भर्खरै प्रकाशित