माघ ७ देखि राष्ट्रिय महिला लिग फुटबल शुरु हुने

स्पोर्टस न्युज

 - २०७७ माघ २, शुक्रबार
 काठमाडौं । माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग फुटबल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सात टिम सहभागी यो लिग एक महिना लामो हुनेछ ।
लिग खेल्ने हरेक टिमले चार विदेशी खेलाडी राख्न र खेलाउन सक्नेछन् भने प्रतियोगिताअवधिभर कुनै खेलाडी वा अफिसियललाई कोभिड– १९ को शंका लागेमा एन्फाले नै आइसोलेसनको व्यवस्था गर्नेछ ।
लिगको पहिलो र अन्तिम खेल दशरथ रंगशालामा हुनेछ भने बाँकी खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । प्रतियोगिता विजेताले १५ लाख पाउनेछ भने दोस्रो हुनेले ८ लाख, तेस्रोले पाँच लाख र चौथोले तीन लाख रुपैयाँ पाउनेछ ।