सुरक्षा चुनौतीबारे अनुगमन र तयारी : प्रधानसेनापति थापा

स्पोर्टस न्युज

 - २०७७ माघ १०, शनिबार

प्रधानसेनापति पूर्णचन्द्र  थापाले आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न सेना सदैव तयार रहनुपर्ने बताएका छन् । शुक्रबार हायर कमान्ड नगरकोटले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान परिस्थितिबाट विकसित हुन सक्ने सुरक्षा चुनौतीबारे सूक्ष्म अनुगमन र मूल्यांकन गर्दै संविधानप्रदत्त जिम्मेवारी वहन गर्नका लागि आवश्यक समन्वय र तयारी गर्न निर्देशन दिएका छन् ।

हालै जारी भएको राष्ट्रिय सुरक्षा नीति तथा यसबाट विकसित हुने राष्ट्रिय प्रतिरक्षा नीति र राष्ट्रिय सैनिक रणनीति नेपाली सेनाका लागि महत्वपूर्ण मार्गदर्शनका रूपमा स्थापित हुने उनको भनाइ थियो । उनले सेनालाई पद्धति र प्रणालीमा आधारित संस्थाका रूपमा विकसित गर्दै लगिने जनाएका छन् ।