साविक विजता आर्सनल एफए कपको चौथो चरणबाटै बाहिरिएको छ । शनिबार भएको खेलमा साउथह्याम्पटनसँग १-० को पराजित भएपछि लण्डन क्लबको उपाधि रक्षा अभियान सकिएको छ ।
खेलको २४औं मिनेटमा आर्सनलका गाब्रीएल मागालहाएसले आत्मघाती गोल गरेका थिए । साउथह्याम्पटनले अब पाँचौ चरणमा वल्भ्ससँग खेल्नेछ ।