जनता समाजबादी पार्टी (जसपा) ढोरपाटन नगर समितिका अध्यक्ष कुशल विश्वकर्मा सहित २१ जना जसपाका सक्रिय नेता कार्यकर्ताले पार्टी परित्याग गरी नेपाल कम्यूनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन् ।
विकास विरोधी पार्टीमा बस्नुको कुनै औचित्य नरहेको महशुष गरी आफुहरुले पार्टी छाडेर नेकपा ऐमालेमा प्रवेश गरेको उनिहरुले बताएका छन् । यस्तै जनता समाजबादी पार्टी (जसपा) ढोरपाटन – ८ का वडा समिति अध्यक्ष तिकाराम विक, वडा नं. ८ कै वडा समिति सचिव जस बहादुर वि.क.ले पनि पार्टी परित्याग गर्नुभएकाे छ । पार्टी प्रवेश गर्नेहरु सबै ढाेरपाटन नगरमा क्रियाशिल नेता कार्यकताहरु हुन् ।
नेपाल कम्यूनिष्ट पार्टी एमाले ढोरपाटन नगर कमिटीले आज बुर्तिबाङमा रहेको दरबार होटेलको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरी उनिहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराएको छ ।
ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली, नगर उप–प्रमुख करमती पुन मगर सहितका नेताहरुले उनिहरुलाई खादा अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । स्वागत गर्दै ढोरपाटन नगर प्रमुख नेपालीले पार्टीको बिधि र पद्धतिमा रहेर पार्टीको हितको लागी काम गर्न निर्देशन दिनुभयो । देशको बिकास र समृद्धि केपी ओली नेतृत्वको सरकारले गर्ने दावी गर्दै सबै परिवर्तनकारी शक्ति एकिकृत हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल कम्यूनिष्ट पार्टी एमाले का ढोरपाटन नगर कमिटी अध्यक्ष लक्षमण पुनको अध्यक्षता रहेको कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, नेता तुल्सीराम अर्याल, ददिराम अर्याल, टेक प्रसाद शर्मा, ज्ञान प्रसाद कँडेल, अमर बुढा मगर, बालसम कुँवर लगायतको विशेष उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन भने उत्तम बहादुर महतले गर्नुभएको थियो ।