महर्जनले लिए अन्तरास्ट्रिय फुटबलबाट सन्यास

स्पोर्टस न्युज

 - २०७७ चैत्र १८, बुधबार

रक्षक बिराज महर्जनले अन्तराष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । सोमबार दशरथ रङ्गशालामा थ्री नेसन्स कपको फाइनलमा बङ्गलादेशसँग उनले खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका हुन ।

 

उनको अन्तिम खेलमा नेपालले २–१ को जित हात पार्दै उपाधि हात पारेको थियो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरे ।

नेपाली राष्ट्रिय टोलीको नेतृत्व समेत गरिसकेका बिराज नेपाली फुटबलमा सरल र अनुशासनको प्यार्र समेत मानिन्थे ।
सन्जोग फाइनल खेलका म्यान अफ द म्याच घोषित भए भने रोहित चन्द प्रतियोगिताका उत्कृष्ट खेलाडी भए।