आईटीएफका पुर्व अध्यक्ष बलालले पाए सातौं डान

स्पोर्टस न्युज

 - २०७७ चैत्र २९, आईतवार

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका पूर्व अध्यक्ष कृष्णबहादुर बलाल मगरले अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) द्वारा ब्ल्याक बेल्ट(कालो पेटी) सातौँ डानको उपाधि हात पारेका छन् । १० अप्रिलका दिन अमेरिकाको भर्जिनिया सहरमा तेक्वान्दो ग्रान्डमास्टर रियोस वलिभरोले लिएको बेल्ट परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै मगरले छैटौँ डानबाट सातौँ डानमा पदोन्नति गरेका हुन ।
ब्लाक बेल्ट सातौँ डान पेटि परीक्षामा उत्तीर्ण भएका बलालले तेक्वान्दो मास्टरको उपाधि पनि हासिल गरेका छन् । आईटिएफ तेक्वान्दोमा सातौँ डानको उपाधि हासिल गर्ने बलाल नेपालका एक मात्र प्रशिक्षक भएका छन् । दुई कार्यकाल नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (नेपाल आइटीएफ)को नेतृत्व गरेका बलाल नेपाल राष्ट्रिय मार्सल आर्ट महासङ्घ(एमएनजीसी) का संस्थापक अध्यक्ष पनि हुन् ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घले सातौँ डान परीक्षाका लागि मगरको नाम मनोनयन गरी अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको प्रोमोशन उप–समितिमा सिफारिस गरेको थियो ।
अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको प्रोमोशन उप–समितिको १४ मार्चमा बसेको बोर्ड बैठकबाट बलाललाई परीक्षामा सामेल गर्ने निर्णय गरेको नेपाल आईटिएफ तेक्वान्दोका अध्यक्ष अञ्जन धमलाले जानकारी गराएका हुन् ।