कृष्णचन्द्र नेपाली पोखरेल बने गण्डकी मुख्य मन्त्री

स्पोर्टस न्युज

 - २०७८ जेष्ठ २९, शनिबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसद कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय अगाडि आन्दोलन गरिरहेका विपक्षी गठवन्धनका नेतालाई सचिवले फोन गरेर मुख्यमन्त्रीमा कृष्णचन्द्रलाई नियुक्त गरिएको जानकारी दिएका हुन् ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।