नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश

स्पोर्टस न्युज

 - २०७८ असार २६, शनिबार

एजेन्सी । साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

लण्डनमा शुक्रबार राति क्यानडाका डेनिस शापोभालोभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।

विश्व नम्बर एक समेत रहेका सर्बियन जोकोभिचले डेनिसलाई ७-६ (७-३),७-५ र ७-५ को सेटमा पराजित गरे ।

यससँगै पाँच पटक च्याम्पियन जोकोभिच सातौं पटक विम्बल्डनको फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

जोकोभिचले पछिल्लो पटक २०१९ मा विम्बल्डनको उपाधि जितेका थिए ।

१९ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले विम्बल्डन जित्दै २० ग्राण्डस्लाम आफ्नो बनाउने योजनामा रहेका छन् ।

जोकोभिचले अब उपाधिका लागि इटालीका सातौं वरीयताका माटियो बेरेटिनीसँग खेल्ने छन्  ।

पहिलो सेमिफाइनलमा पोल्याण्डका हुबर्ट हुकाजलाई पराजित गर्दै माटियो फाइनल पुगिसकेका छन्  ।

२५ वर्षीय माटियोले हुबर्टलाई ६-३,६-, ६-७(३-७) र ६-४ को सेटमा पराजित गरे ।

यससगै माटियो विम्बल्डनको फाइनलमा पुग्ने पहिलो इटालियन खेलाडी बनेका छन् ।

यस्तै माटियो ४५ वर्षपछि ग्राण्डस्लामको फाइनलमा पुग्ने पहिलो इटालियन समेत बनेका छन् ।