पाचौं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्दै पार्कर दिनेश सुनार।

स्पोर्टस न्युज

 - २०७८ असार ३१, बिहीबार

बुटवल,पुर्वी नेपालको पहाडी जिल्ला मानिने खोटाङ तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानीमा बुवा बिर्ख बहादुर र आमा रिता सुनारको कोखमा जन्मिएका हुन बिश्वकीर्तिमानी दिनेश सुनार।जिम्न्यास्टिक जस्तै विभिन्न विधामा उफ्रीने,उल्टिने र छलाङ हान्ने कलालाइ नै पार्कर भनिन्छ।

सानै उमेरदेखि पहाडको गोरेटो बाटो,भिरालो जग्गा र बगरमा उफ्रीने,उल्टिने र पल्टिने गर्थे।पार्कर खेल शरीरलाई जोखिममा राखेर गरिने खेल हो।दुर्घटना भए ज्यान नै खतरामा पर्न सक्छ तर उनी कहिल्यै डराएनन।कडा!मिहिनेत र परिश्रम गर्दै अनि त्यसको प्रदर्शन गर्ने सोख र भोक भएका सुनार आफ्नो उद्देश्यलाई निरन्तरताको परिशिष्ट बोकेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा ५ पटक नाम दर्ता गराउन सफल भए।उनी पहिले सशस्त्र प्रहरी बलमा जागिर गर्थे त्यहाँ पनि उनलाइ एउटा बलियो र अब्बल मानिन्थ्यो।आफ्नो खेललाई सशक्त बनाउन,आफ्नो परिचय,समुदाय र रास्ट्रको नामलाइ विश्वको अग्लो उचाइमा पुर्याउने उद्धेश्यले सशस्त्र प्रहरीको जागिरबाट राजिनामा दिएर हिडेका थिए।

सुनारले यो भन्दा पहिलेपनी ४ पटक “गिनिज बुक” अफ वल्र्ड रेकर्ड राखिसकेका छन। जस्को कारण उनी बिज्ञापन,ब्रान्ड अम्बेसडर र फिल्मनगरीमा पनि उनको माग बढ्दै गएको छ।दिनेशले निरन्तरको रेकर्ड हासिल गर्दै पछिल्लोपटक सन साइन तेक्वान्दो एकेडेमी,जिपि फाउन्डेसन र ब्यालेन्स ग्रुप अफ कम्पनी अमेरिकाको संयुक्त सहकार्यमा न्युयोर्कमा पाचौं पटक नाम लेखाउनको लागी पार्कर खेलमै संघर्षरत रहे।भ्रमणवर्षको प्रचार गर्दै गएको जनवरीमा भर्जिनियामा “The most standing full twist back somersult in 30 second मा नयाँ विश्व रेकर्ड राख्न सफल भएका छन।यश विधामा विश्व रेकर्ड राख्न ३० सेकेन्डमा ८ पटक twist back हान्नुपर्ने मापदण्ड छ तर उक्त मापदण्डनै तोडेर ३० सेकेन्डमा १२ पटक twist back somersult हानेर गिनिज बुक अफ वल्र्ड रेकर्ड अर्थात पाँचौ पटक बिश्वकीर्तिमानी इतिहास रच्न सफल भए।रास्ट्रका गहना पार्कर सुनारको आगामी दिनहरु सुखमय बनोस उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।