संँगिना वैद्य ओलम्पिक एसोसिएसनमा उपाध्यक्षमा निर्विरोध।असोज १२,२०७८
बुटवल,आगामी असोज १३ मा हुने नेपाल ओलम्पिक कमिटीको निर्वाचन हुदैछ ।निर्वाचनमा ५९ जना मतदाता रहेका छ्न।
नेपाल ओलम्पिक कमिटीमा आबद्ध ओलम्पियन एसोसिएसनको उपाध्यक्षमा तेक्वान्दो खेलाडी तथा पुर्व ओल्मपियन खेलाडी सँगिना वैध उपाध्यक्षमा निर्विरोध भएकी छिन।एक अनिवार्य महिला उपाध्यक्ष रहने गरि दुई उपाध्यक्ष हुनुपर्ने प्रावधान भएको हुँदा वैध मात्र उपाध्यक्षको उम्मेदवारी दिएको हुँदा उनी उपाध्यक्षमा निर्विरोध भएकि हुन।
एसोसिएसनको अध्यक्ष पदका लागि दीपक बिष्ट र रवि राज थापा गरि दुई जनाउम्मेदवार छन।अर्को एक उपाध्यक्षको पदका लागि रघु राज वन्त र प्रविण तुलाधर उम्मेदवार रहेका छन।कोषाध्यक्षमा स्नेहा राना सचिवमा देवु थापा र महासचिवमा राजेन्द्र भण्डारी निर्विरोध निर्वाचित भए।हालसम्म नौ सदस्य पदका लागी १० जनाको उम्मेदवारी परेको छ।सदस्य पदमा सफल राम श्रेष्ठ,राजकुमारी पाण्डे,विस्णु बहादुर सिँह,रन्जन श्रेष्ठ,कान्छीमाया कोजु,कमल बहादुर अधिकारी,विमला राना,टिकराम श्रेष्ठ,प्रमिला रिजाल,मुकुन्द हरी श्रेष्ठ उम्मेदवार छन।