पोखरा — अन्तर्राष्ट्रिय हाप्किडो स्पोर्ट्स एन्ड टुरिजम फेस्टिभल–२०२७ पोखरामा आयोजना हुने भएको छ। आगामी जनवरी २ र ३, २०२७ मा पोखरामा उक्त अन्तर्राष्ट्रिय महोत्सव आयोजना गरिने जानकारी बिक्रम बुढा मगरले दिएका छन्।
खेलकुद र पर्यटनलाई एकैसाथ प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको फेस्टिभलमा विभिन्न देशका हाप्किडो खेलाडी, प्रशिक्षक तथा मार्सल आर्ट्स क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
पोखराको प्राकृतिक तथा पर्यटकीय पहिचानलाई अन्तर्राष्ट्रिय खेलकुदसँग जोड्दै नेपालको खेल पर्यटन प्रवर्द्धनमा समेत फेस्टिभलले योगदान पुर्याउने आयोजक पक्षले जनाएको छ।
फेस्टिभलअन्तर्गत हाप्किडोका विभिन्न खेल गतिविधिसँगै खेलाडी तथा सहभागीहरूलाई पोखराका प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन गराउने कार्यक्रमसमेत समावेश गरिने बताइएको छ।